प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
माघ २०८०
लैंगिक हिंसा एवं लागुऔषध दुर्व्यसन विरुद्दको प्रभातफेरी र सचेतनामुलक कार्यक्रम सम्पन्न ।
२०८०-१०-२०

नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, पोखराको आयोजनामा लैंगिक हिंसा एवं लागुऔषध दुर्व्यसन विरुद्दको प्रभातफेरी र सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा लैंगिक हिंसा तथा लागुऔषध दुर्व्यसनि विरुद्दको पर्चा, पम्पलेट,व्यानर, भजन, बाजा र झाँकी सहित विभिन्न विद्यालय, आमा समुह, युवा क्लव तथा अन्य सरोकारवाला निकायहरुले पोखराको मानव अधिकार चोकदेखि प्रभातफेरी कार्यक्रम गरेका थिए । उक्त प्रभातफेरी कार्यक्रम पोखरा-४, कुमुदिनिहोम्स बोर्डिङ स्कुलको सभाहलमा प्रवेश गरी औपचारिक कार्यक्रमा परिवर्तन भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लैंगिक हिंसा र लागू ओैषध सामाजिक समस्याको रुपमा रहिरहेको र यसलाई निर्मुल पार्न आफू गम्भिर रुपमा लागि परिरहेको बताउनुभयो ।समाजबाट लागुऔषध निस्तेज पार्ने प्रमुख उपाय भनेको लागुऔषधको असर र समस्या सम्बन्धी शिक्षा प्रदान गर्नु हो जुन नेपाल प्रहरीले निरन्तर गरिरहेको छ तर कानुनको बर्खिलाप गरी लागुऔषधको दुरुपयोग गर्ने र समाजमा अराजकता पैदा गरी अन्य हिंसा निम्त्याउनेलाई बिना हिचकिचावट कानुनी कारबाही गर्न समेत श्रेष्ठले निर्देशन गर्नुभयो । यस संगै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी श्रीमती संघले देशभर गरेका सचेतनामुलक कार्यक्रमहरु अत्यन्तै प्रभावकारी रहेको बताउनु भएको थियो ।उक्त प्रभातफेरी तथा सचेतनामुलक कार्यक्रममा माननीय गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यू, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाज्यूको विशिष्ट आतिथ्यता तथा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरज्यू, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू र गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिकासराज खनालको विशेष आतिथ्तता रहेको थियो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बि.कले कास्कीमा लागुऔषध दुर्व्यसनि तथा लैंगिक हिंसाको तथ्याङक सहितको सचेतना प्रस्तुत गर्नुभएको थियो भने पोखरा थियटरको तर्फबाट जनचेतनामुलक नाटक, राष्ट्रिय प्रज्ञा प्रतिष्ठान पोखराको तर्फ बाट जनचेतनामुलक सारङ्गीको गित र बिभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो भने नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, अध्यक्ष कमला खनालले उपस्थित सम्पुर्णमा धन्यबाद व्यक्त गर्नुभएको थियो ।

सवारी दुर्घटना (न.प. पूर्व)
२०८०-१०-१५

जि.न.प.(पूर्व) बिनयी त्रिबेणी गा.पा.२ बिश्वकर्मा मन्दिर नजिकै पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ७ च ५१९८ नं.को बोलेरो चालकले नियन्त्रण गुमाउन जाँदा बाटो देखि १५ मिटर बायाँ साईड तिर तल खस्न गई दुर्घटना हुदाँ निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि बुटवलतर्फ पठाएको छ । १.चालकः-जिल्ला रामेछाप खाडादेबी गा.पा.१ बस्ने वर्ष २३ को गोबिन्द श्रेष्ठको मुखमा,बायाँ हात,बायाँ खुट्टामा चोट अवस्था मध्यम । २.बोलेरोमा सवारः- जिल्ला काभ्रे पनौती न.पा.१ बस्ने वर्ष ३२ को सुर्य बहादुर तामाङको मुखमा,छातीमा,बायाँ खुट्टामा चोट,अवस्था मध्यम ।

गण्डकी प्रदेश प्रहरी प्रमुखद्वारा निरीक्षण तथा भिडियो कन्फरेन्स ।
२०८०-१०-०२

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विकाशराज खनालले आज गण्डकी प्रदेश प्रहरी कार्यालयमा रहेका विभिन्न शाखा उपशाखाको निरीक्षण तथा सम्पुर्ण शाखामा कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यावसायिक प्रहरी सेवा प्रवाह लगायत अन्य विविध विषयमा निर्देशन सम्बोधन गर्नुभएको छ । निर्देशन सम्बोधनकै क्रममा उहाँले सम्पूर्ण प्रहरी कर्मचारीले आ-आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक ढङगले निर्वाह गरे मात्रै प्रहरी संगठनले अंगिकार गरेको मुल्य मान्यताहरुले सार्थकता पाउने बताउँदै जस्तोसुकै परिस्थितिमा संगठनको मुलभूत उद्देश्य प्राप्तिका लागि प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिनोद शर्माले समग्र गण्डकी प्रदेशको शान्ति सुरक्षा, तथा भौगोलिक अवस्थाका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।यस संगै प्रदेश प्रहरी प्रमुख खनालले प्रदेश मातहतका जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, जिल्ला अन्तर्गत प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा गण्डकी प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्ला प्रहरी प्रमुखहरु संग छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । कार्यक्रममा सम्पुर्ण जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक खनालले संगठनको उद्देश्य र प्रहरी आचार संहिता अनुरुप कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत र आचार संहिता बिपरीत जानेलाई कारवाही गर्न संकोच नमान्ने बताउनुभयो ।

अधिक लोड >>
कम देखाउनुहोस् <<